पनिर बार्बिक्यु
सामग्री :
चौकोर काटिएको पनिर - आधा किलो
प्याज - ३ सय ग्राम
भेंडेखुर्सानी - तीनवटा
बार्बिक्यु सस - १ सय ग्राम
दही - अलिकति
अदुवा र लसुनको लेदो - २० ग्राम
कागती - एउटा
मरीचको धूलो - ५ ग्राम
नुन - स्वादअनुसार
गार्निसका लागि
सलाद पत्ता, काँक्रो, मुला तथा गाजर
विधि :
- पनिरलाई अदुवा र लसुनको लेदो, नुन, मरिचको धुलो तथा कागतीको रसका साथ मोल्ने ।
- त्यसमा थोरै दही र बार्बिक्यु सस हालेर फेरि मोल्ने । मोल्दा हल्का हातले मोल्नुपर्छ, नत्र पनिर टुक्रिने सम्भावना हुन्छ ।
- आधा घण्टा छोपेर राख्ने ।
- तन्दुर, कोइलाको चुल्हो वा बार्बिक्यु मेसिन तयार पार्ने । त्यसमा कोइला वा बि्रकेट बाल्ने ।
- मोलेको पनिरलाई एक-एक गरी झिरमा उन्ने । झिरमा उन्दा पनिरको बीच-बीचमा काटेको भेडे खुर्सानी र प्याज पनि उन्दै जाने ।
- पाकेपछि सलाद तथा चटनीसँग खाने ।
यो विधिबाट काउली, आलु तथा च्याउको बार्बिक्यु पनि बनाउन सकिन्छ ।
- पाते वा डल्ले दुबै किसिमको च्याउको बार्बिक्यु बनाउन सकिन्छ ।
- च्याउको बार्बिक्यु बनाउँदा ताजा च्याउलाई पहिले पानीमा पखालेर राम्रोसँग निचोर्नुपर्छ ।